
३ लाख घुससहित प्रधानाध्यापक ठाकुर पक्राउ
काठमाडौं – विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर ३ लाख घुस रकमसहित पक्राउ परेका छन् ।
करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले प्रधानाध्यापक ठाकुरसहित दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झालाई नियन्त्रणमा लिएको हो ।
प्रधानाध्यापक ठाकुरलाई तीन लाख रकम घुस लिइसकेको अवस्थामा आज (बुधबार) बिहान पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
यमुनामाई गाउँपालिका(४ सरूअठ्ठास्थित चन्द्रनिगाहपुर गौरबाट उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।



कागजपत्र |
