आइएमई जनरल इन्स्योरेन्सको हकप्रद शेयर बाँडफाँट


काठमाडौं –  आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले फागुन २२ गतेदेखि चैत १३ गतेसम्म विक्री गरेको हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले १३ हजार ६८९ जना सदस्यहरुलाई ४५ लाख ३९ हजार १४९ कित्ता शेयर चैत २८ गते बाँडफाँट गरेको हो ।

माघ २८ गतेसम्म कायम शेयरधनीहरुका लागि कम्पनीले रू. १ अर्ब १५ करोड ७५ लाख ८६ हजार चुक्तापूँजीको आधारमा १० बराबर ४ को अनुपातमा हकप्रद शेयर जारी गरेको थियो । कम्पनीले उक्त अनुपातमा प्रतिशेयर रू. १०० अंकित दरको रू. ४६ करोड ३० लाख ३४ हजार ४०० बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद विक्री गरेको थियो ।

यो चरणमा कम्पनीको ९१ हजार १९५ कित्ता हकप्रद शेयर भने वितरण हुन सकेन । अवितरित यो शेयर भने लिलामी प्रकृयाबाट विक्री गरिनेछ । बाँकी शेयर समेत विक्री भएपछि कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ६२ करोड ६ लाख २० हजार ४०० पुग्नेछ ।

यो हकप्रद शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हकप्रद शेयर बाँडफाँटमा नपरेको रकम भने कम्पनीले बैशाख २ गते शुक्रवारदेखि आवेदकहरुको बैंक खातामै रकमान्तर गरिने जानकारी समेत कम्पनीले दिएको छ ।

प्रतिक्रिया