

शेयर बजार दोहोरो अंकले बढ्यो, २ अर्ब १२ करोडको कारोबार

काठमाडौं – साताको अन्तिम कारोबारको दिन (बिहीबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक दोहोरो अंकले बढेको छ । ५ दिनदेखि लगातार ओरालो लागेको शेयर बजार आज ३५.६६ अंकले बढेर २४६४.३१ को बिन्दुमा पुगेको छ । दिनभर दुई सय २४ कम्पनीका ५४ लाख ४४ हजार कित्ता शेयर दुई अर्ब १२ करोड १५ लाख रुपैयाँमा कारोबार भएका छन् । अघिल्लो दिन १ अर्ब ९९ करोड बराकरको सेयर खरिद बिक्री भएको थियो ।
बैंकिङ्ग प्रणालीमा तरलता अभावका बीच दबाबमा रहेको सेयर बजार राष्ट्र बैंकले चालेको पछिल्लो कदमका कारण थप प्रभावित भएको थियो । गत बिहीबारबाट लगातार घटेको बजार १४० अंक तल आइसकेपछि सस्तो मूल्यमा सेयर उठाउनेहरु सक्रिय हुँदा बजारमा सुधार आएको हो ।
बैंकिङ १८, विकास बैंक ७०, फाइनान्स २५, होटल तथा पर्यटन ३५, जलविद्युत ३०, जीवन बीमा २५८, उत्पादन ४७, लघुवित्त ६३, निर्जीवन बीमा १०९, अन्य ६८ र व्यापार उपसमूह ५९ अंकले बढे ।
कुल १७४ कम्पनीको मूल्य बढ्दा १७ को घट्यो भने ४ को स्थिर रहृयो । दोहोरो अंकले बढेको बजारमा आज हिमालयन पावर पार्टनर र नेष्डो समृद्धि लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ । दुवै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । टेलिकमको मूल्य करिब ६ प्रतिशतले बढ्यो । राष्ट्रउत्थान लघुवित्तको मूल्य सबैभन्दा धेरै ७.७ प्रतिशतले घट्यो ।
कारोबार रकमका आधारमा सबैभन्दा धेरै नबिल बैंकको सात करोड ३८ लाख रुपैयाँको शेयर किनबेच भयो ।

