

नेप्सेमा ५ लाख ३४ हजार कित्ता बोनस सेयर सूचिकृत

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बिहीबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको २०.०३ प्रतिशत बोनस बापतको ५ लाख ३४ हजार २५ दशमलव १५ कित्ता सेयर सूचिकृत भएको हो ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडकाे पाैष २४ गते, गैँडाकाेट रिसाेर्ट, नवलपरासीमा सम्पन्न भएकाे नवाैँ वार्षिक साधारण सभाले सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २०.०३१ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.०५४ प्रतिशत नगद गरी कुल २१.०८५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे।

