एनसीसी बैंकको साढे २६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं – नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले साढे २६ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको बैंकको २६ लाख ६३ हजार ६६ कित्ता सेयर बिक्री गर्ने भएको हो ।

बिक्रीमा राखिएको संस्थापक सेयर खरिदका लागि बैंकले संस्थापक सेयरधनीहरुलाई प्राथमिकतामा राखेको एक सुचना मार्फत जनाएको छ । यस्तै सूचना प्रकाशित भएको ३५ दिनभित्र इच्छुक संस्थापक सेयरधनीलाई बैंकको काठमाडौंको बागबजारस्थित कार्यालयको सेयर विभागमा सेयर खरिदका लागि लिखित निवेदन पेस गर्न आग्रह गरिएको छ ।

तोकिएको म्यादभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिद गर्न कुनै प्रस्ताव नआएको अवस्थामा अन्य खरिदकर्ताहरुका सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

प्रतिक्रिया