किसान लघुवित्तको संस्थापक सेयर बिक्रीमा


काठमाडौं – किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले एक सुचना जारी गर्दै विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरीद गर्न पाउने गरी बिक्रीमा ल्याएको कम्पनीले जनाएको छ ।

उक्त शेयरको प्रतिकित्ता मूल्य र शेयर संख्या भने सुचनामा उल्लेख गरेको छैन् । शेयर खरिद गर्न ईच्छुक विद्यमान संस्थापक शेयरधनीहरुले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित कम्पनीको केन्द्रीय कार्यालय धनगढी, कैलाली र कर्पोरेट कार्यालय, बुढानीलकण्ठ, काठमाडौंमा आफूले खरिद गर्ने शेयर खुलाई निवेदन दिन आग्रह गरेको छ ।

प्रतिक्रिया