भक्तपुरबाट कस्तुरीको बिना र भालुको पित्तसहित ३ पक्राउ


काठमाडौं — भक्तपुरबाट कस्तुरीको विना र भालुको पित्तसहित तीनजना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाको टोलीले उनीहरूलाई भक्तपुर मध्यपुर थिमी नगरपालिका–१  मनोहरा नयाँबस्तीबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मध्यपुरथिमी नगरपालिका–१ का ४७ वर्षीय छत्रबहादुर बेगा, जुम्ला सिंजा गाउँपालिका–६ काडागाँउ घर भई हाल काठमाडौं कोटेश्वर बस्ने १८ वर्षीय गोपाल बुढा क्षेत्री र पाँचथर याङवरक गाँउपालिका–२ तिनतिम्बो घर भई हाल काठमाडौं जोरपाटी नयाँबस्ती बस्ने ४६ वर्षीय लोकेन्द्र बेगा छन् ।

उनीहरूको साथबाट कस्तुरीको विना जस्तो देखिने बास्नादार वस्तु पाँच थान र भालुको पित्त जस्तो देखिने पाँच थान वस्तु बरामद गरिएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया