
ट्विटरको सबैभन्दा ठूलो हिस्सेदार बने एलन मस्क
काठमाडौं –टेस्ला र स्पेसएक्सका संस्थापक एलन मस्क ट्विटरको सबैभन्दा ठूलो हिस्सेदार बनेका छन् । उनीसँग ट्विटरको ९.२ प्रतिशत हिस्सा रहेको छ । मस्कसँग ट्विटरको ७ करोड ३४ लाख ८६ हजार ९३८ कित्ता सेयर छन् ।
यूएस सेक्युरिटी एक्सचेन्ज एन्ड एक्सचेन्ज कमिसनले यस्तो खुलासा गरेको हो । समाचार बाहिर आएपछि ट्विटरको सेयर प्रि–मार्केट ट्रेडिङमा २६ प्रतिशतभन्दा बढी बढेर ४४९ मा पुगेको छ ।
गत शुक्रबारको ३९.३१ डलरको स्टकमूल्यका आधारमा एलन मस्कको हिस्साको सेयरको मूल्य करिब २.८९ अर्ब डलर हुन आउँछ । मस्कसँग ट्विटरका संस्थापक ज्याक डोर्सीभन्दा ४ गुणा बढी सेयर रहेको छ । डोर्सीको ट्विटरमा २.२५ प्रतिशत सेयर रहेको छ ।
मस्क धेरै ट्विटर प्रयोग गर्छन् । तर, लामो समयदेखि उनले ट्विटरको नीतिहरुको आलोचना गर्दै आएका छन् ।



कागजपत्र |
