सप्तरीमा लागु औषधसहित एक युवक पक्राउ


सप्तरी – सप्तरी प्रहरीले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तकोशी नगरपालिका-१ का माधव नेपालकका २० वर्षीय छोरा सुजन नेपाल रहेका प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीको मातहतमा रहेको प्रहरी चौकी फत्तेपुरबाट खटिएका गस्ती टोलीले सप्तकोसी  नगरपालिका- ९ बस पार्कबाट नेपाललाई लागु औषधसहित पक्राउ परेको हो। उनकाे साथबाट लागु औषध निट्रोसन आर  ८४ चक्की (ट्याब्लेट) बरामद गरेकाे प्रहरीकाे दाबी छ ।

पक्राउ परेको नेपालमाथि थप अनुसन्धान भइरहोको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

प्रतिक्रिया