

७.३७ प्रतिशत लाभांश पारित गर्न आइएमई जनरल इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडाैं – आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो २४औँ वार्षिक साधारण सभा वैशाख ९ गते बोलाएको हो ।
सभा काठमाडौंको लैनचौरस्थित लैनचौर बैंक्वेटमा बिहान १० बजेबाट सुरु हुनेछ । सभाले सेयरधनीहरुलाई वितरण गर्न भनी प्रस्ताव गरिएको आर्थिक वर्ष २०७७/७८ का वितरणयोग्य मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको ७ प्रतिशत बोनस सेयर र ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश अनुमोदन गर्नेछ ।
यस्तै कम्पनीले सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर संस्थाको मुख्य कार्यालय, अग्नीसाइर, सप्तरीमा आइपुग्ने गरी निवेदन दिन आग्रह गरेको हो । त्यसैगरी, तोकिएको समय अवधिभित्र विद्यमान संस्थापकहरुको आवेदन नआएमा प्रचलित कानून बमोजिम सेयर बिक्री प्रक्रिया अगाडि बढाउने पनि संस्थाले जनाएको छ ।

