हलचोकमा आगो लगाउने डिआईजी बढुवालाई मुस्लिम आयोग धाउने


काठमाडौं– सशस्त्र प्रहरी बलले रिक्त ७ प्रहरी नायव महानिरिक्षक (डिआईजी) पदको लागि बढुवाको तयारी गरेको छ । एक साता अगाडि नै सशस्त्रले सूचनासमेत निकालि सकेको छ ।

सशस्त्रले बढुवाको सूचना निकालेपछि सम्भावित उम्मेद्वारले बढुवामा दाबी गर्दै फारम समेत भरिसकेका छन् । स्रोतका अनुसार रिक्त ७ पदका लागि एसएसपीले आफ्नो दाबी पेश गरेका छन् ।

भावी आईजीका रुपमा समेत हेरिएका एसएसपी गणेश ठाडा, शम्भु सुवेदी, प्रेम पोखरेल, कुलबहादुर नेम्वाङ्, दुर्गा भट्टराई, कमल गिरी र अभी खत्री बढुवाका दाबेदार हुन्।

डिआईजीको रिक्त सात पदमा यिनै सात एसएसपीले मात्र फारम भरेका छन् । तर एक नम्बरको लागि भने यी सातै एसएसपीमा तिब्र दौडधुप चलेको छ । एक नम्बरमा बढुवा हुने नै आईजीको प्रवल दाबेदार हुने हुँदा बढुवामा प्रतिस्पर्धा भएको हो।

नियम कानुन र क्षमताको हिसाबले एसएसपी गणेश ठाडा एक नम्बरका दाबेदार रहेको सशस्त्र स्रोत बताउँछ । तर सशस्त्र प्रहरीका विवादित एसएसपी अभी खत्री एक नम्बरमा बढुवा लागि दौडधुपमा छन्।

सशस्त्र प्रहरीको लेखा स्टोरमा आगो लगाउने मुख्य योजनाकार समेत खत्री भएको स्रोत बताउँछ । तर राजनीतिक दाउपेजको कारण खत्री उक्त अपराधबाट उम्कन सक्षम भएको हल्ला हलचोकमा हुँदै आएको छ ।

डिआईजी बढुवाको लागि उनी अहिले मुस्लिम आयोग समेत धाउन थालेको चर्चा सशस्त्र प्रहरीमा चलेको छ । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको शरणमा खत्री पुग्ने गरेको बताइन्छ। समिम प्रधानमन्त्री केपी शर्मा ओलीनिकट रहेका कारण खत्रीले उक्त बाटो अपनाएको बताइन्छ।

प्रतिक्रिया