साहित्य तथा संस्कृति प्रतिष्ठानद्धारा पूर्वप्रधानमन्त्री चन्द सम्मानित


काठमाडौं – पूर्वप्रधानमन्त्री तथा बरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्द मंगलबार मणिराज वाङमय पुरस्कारबाट सम्मानित भएका छन् ।

नेपाली साहित्य तथा संस्कृति प्रतिष्ठान गोदावारी कैलालीले मंगलबार राजधानीमाविशेष कार्यक्रम गरी चन्दको ८४ औ वसन्त प्रवेशको अवसरमा अभिनन्दन तथा पुस्कार वितरण गरेको हो ।

प्रतिष्ठानले २०७५ सालको १ लाख रुपैया राशीको सो चन्दलाई र २०७६ सालको सोही पुरस्कार साहित्यकार डा. तुलसी भट्टराईलाई प्रदान गरेको हो । यसैगरी गोदावारी प्रतिभा पुरस्कार दीपकप्रकाश बास्कोटालाई प्रदान गरिएको छ ।

खप्तड स्वामी सत्चितानन्द सरस्वती पुरस्कार सहित्कार भरतराज पौडेललाई प्रदान गरिएको छ भने शास्त्री देवराज आचार्य पुस्कार २०७६ प्रा.डा. रामचन्द्र भट्ट र खडगवहादुर प्रतिभा पुरस्कार लक्की वहादुर चौधरीलाई प्रदान गरिएको छ ।
प्रतिष्ठानका अध्यक्ष पदमराज जोशीले कोरोना संक्रमणका कारण विगत वर्षमा रोकिएको सम्मान कार्यक्रम यस वर्ष गरिएको बताए ।

सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले डा.तुलसी भट्टराईद्धारा लिखित ‘सुनेको चीन देखेपछि’ नामक यात्रा बृत्तान्त पुस्तक लोर्कापण गर्नु भयो । सो अवसरमा पूर्वप्रधानमन्त्री चन्दले साहित्य समाजको आत्मा भएकाले साहित्य विना मानब जिवन निरस हुने बताए ।

सो अवसरमा प्रतिष्ठानका अध्यक्ष पदमराज जोशी, महासचिब मदनराज जोशी, साहित्कार तुलसी भट्टराई लगायतका साहित्कारले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया