आवश्यकताअनुसार गठबन्धन गर्ने कांग्रेस केन्द्रीय समितिको निर्णय


काठमाडौं – नेपाली कांग्रेसले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा स्थानीय तहकै आवश्यकताअनुसार गठबन्धन गर्ने निर्णय गरेको छ।

पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकले विवादकैबीच चुनावमा गठबन्धन गर्ने निर्णय गरेको हो ।

बैठकले पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समिति र प्रवक्ता डा.प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचार–प्रचार समिति गठन गरेको छ ।

 

 

प्रतिक्रिया