नेष्डो समृद्ध लघुवित्तको आईपीओ भोलिदेखि कारोबारमा, कति पाउला ओपनिङ रेञ्ज ?


काठमाडौं – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओ नेपाल स्टक एक्सेन्च (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको आइपीओ एनइएसडिओ सिम्बोलबाट नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १०० रुपैयाँ अंकित दरको २५ लाख ५० हजार कित्ता आईपीओ सूचीकृत भएको छ । कम्पनीले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गतेसम्म सर्वसाधारणका लागि निष्कासन गरेको साधारण शेयर शेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेपश्चात् नेप्सेमा सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् संस्थाको शेयर धितोपत्र दोस्रो बजारमा भोलिदेखि नै कारोबारमा आउनेछ । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ सूअंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

जसमध्ये जारी पूँजीको ०।५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ६३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

नेष्डो लघुवित्तले पहिलो कारोबारका लागि ओपनिङ रेञ्ज प्रतिशेयर न्यूनतम २६० रूपैयाँ ८४ पैसादेखि अधिकतम ७८२ रुपैयाँ ५२ पैसासम्म पाउने देखिएको छ । नेप्सेले जुनसुकै कम्पनीको पहिलो कारोबारका लागि वास्तविक नेटवर्थको तीन गुणासम्म मूल्य तोक्ने भएको कारण सो रेञ्ज पाउने देखिएको हो । नेष्डो लघुवित्तको वास्तविक नेटवर्थ २६० रुपैयाँ ८४ पैसा रहेको छ ।

प्रतिक्रिया