सलमान खानलाई अदालतले किन बोलायो?


काठमाडौँ– बलिउड अभिनेता सलमान खानलाई पत्रकारलाई कुटपिट गरेको मुद्दामा अदालतले बोलाएको छ। भारतीय सञ्चारमाध्यमका अनुसार मुम्बईको अँधेरी कोर्टले ३ वर्ष पुरानो मुद्दामा सलमानलाई अप्रिल ५ मा अदालत उपस्थित हुन आदेश दिएको हो।

साथै अदालतले उनलाई आफ्ना बडिगार्ड पनि लिएर आउन भनेको छ। तीन वर्षअघि पत्रकार अशोक श्यामलाल पाण्डेलाई सलमान र उनका बडिगार्डले कुटेको अभियोग छ। त्यतिबेला सलमानले साइकल चलाउँदै गरेको भिडिओ खिच्दा आफूलाई उनीहरू दुई जनाले हातपात गरेको पत्रकार पाण्डेको आरोप छ। त्यसविरिुद्ध उनले अदालतमा मुद्दा दिएका हुन्।

प्रतिक्रिया