‘जसपाका सांसद साहविरुद्ध आक्रमण गर्नेलाई कडा कारबाही गरियोस्’


काठमाडौँ-  जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले आफ्ना केन्द्रीय सदस्य तथा प्रतिनिधिसभामा प्रमुख सचेतक प्रमोद साहलाई सर्लाहीमा भएको सांघातिक आक्रमणको निन्दा गरेका छन्।

शनिबार बिहान सर्लाहीको बयलबासमा बाटो बनाउने विषयमा दुई पक्षबीच झडप हुँदा सांसद साह गम्भीर घाइते भएका थिए। टाउकामा ढुंगाले लागेर गहिरो चोट लागेको छ भने थप उपचारका लागि उनलाई काठमाडौं ल्याइएको छ।

उनीवरुद्धको भौतिक आक्रमण लोकतन्त्रविरुद्धै आक्रमण भएको उल्लेख गर्दै पूर्वप्रधानमन्त्री डा। भट्टराईले शनिबार राति सामाजिक सञ्जालमार्फत विरोध गरेका हुन्। साथै साहलाई आक्रमण गर्नेलाई कडा कारबाही गर्न सरकारसँग उनले माग पनि गरेका छन्।

‘जसपा केसस तथा प्रतिनिधिसभामा पार्टीका प्रमुख सचेतक प्रमोद साहमाथि सर्लाहीमा भएको संघातिक आक्रमण अत्यन्त निन्दनीय छ’, डा। भट्टराईले भनेका छन्, ‘स्थानीय निर्वाचनको पूर्वसन्ध्यामा राजनीतिक प्रतिशोधका कारणले भिन्न दलका नेताहरूमाथि हुने भौतिक आक्रमण लोकतन्त्रमाथिकै आक्रमण हो। सरकारले अपराधीलाई कडा कारबाही गरोस्।’

प्रतिक्रिया