डि मारिया र मेस्सीको गोलमा भेनेजुयलामाथि अर्जेन्टिनाको सहज जित


काठमाडौँ – फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिका छनोटअन्तर्गतको शनिबार बिहान भएको खेलमा अर्जेन्टिनाले भेनेजुयलामाथि ३–० गोलको सहज जित हात पारेको छ।

खेलको ३५ औं मिनेटमा निकालास गोन्जालेजको गोलबाट अग्रता लिएको अर्जेन्टिनाका लागि खेलको ७९ औं मिनेटमा एन्जेल डि मारियाले अर्को गोल थपे।

त्यसको ३ मिनेट पछि लियोनेल मेस्सीले अर्जेन्टिनाको लागि तेस्रो गोल गरे। यसअघि नै विश्वकपका लागि छनोट भइसकेको अर्जेन्टिनाले १६ खेलबाट ३८ अंक जोडेको छ।

छनोटको सबैभन्दा पुछारमा रहेको भेनेजुयलाले भने १७ खेलबाट १० अंक हात पारेको छ।

प्रतिक्रिया