

मेगा बैंकको थप तीन नयाँ शाखा विस्तार

काठमाडौं – मेगा बैंक नेपाल लिमिटेडले बिहीबार एकैसाथ काठमाडौंमा तीन नयाँ शाखाबाट कारोबार थालेको छ। बैंकले बागबजार, गौशाला र कोटेश्वरमा नयाँ शाखा विस्तार गरेको हो। योसँगै मेगा बैंकको शाखा सञ्जाल २०७ पुगेको छ।
बैंकका सूचना अधिकारी तुल्सीराम पोखरेलले मेगाले अत्याधुनिक गुणस्तरीय बैंकिङ सुविधा सँगै शाखा सञ्जाल विस्तारलाई प्राथमिकता दिएकोमा आवश्यकताअनुसार आगामी दिनमा पनि सेवा विस्तार गरिने बताए।

