

सीआईबीलाई ठूलो सफलता, खुंखार अपहरणकारी सेट्ठी समूहका सदस्य बुढाथोकी समातिए

काठमाडौं– खुंखार अपहरणकारी उदय सेठ्ठी र प्रह्लाद महतको समूहका कुमार बुढाथोकीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समातेको छ।
बालाजुका व्यापारी बाबुराजा रावललाई १२ बर्षअघि अपहरण गरी १ करोड फिरौती असुल गरेको प्रकरणमा बुढाथोकीलाई सीआईबीले नियन्त्रणमा लिएको हो। १ पुस २०६५ मा अपहरण गरी फिरौती असुल गरिएको थियो।
बुढाथोकीलाई खोज्नका लागि सीआइबीको टोली भारतको दार्जिलिङ पुगेको थियो। नेपालमा अपहरण र फिरौतको अपराधमा सक्रिय रहेका अमर टण्डनको पक्राउ भएपछि उत्तराधिकारीका रुपमा बुढाथोकीले काम गर्दै आएको प्रहरी रेडर्क थियो।
०६६ मा महानगरीय अपराध महाशाखाको टोलीले सेठ्ठी, महतसहित विष्णु जिसी, टासी गुरुङ, विकास कार्कीलाई पक्राउ गरेपछि अपहरणमा सक्रिय समूहको चलखेल बन्द भएको थियो।
पक्राउ गरिएका बुढाथोकी चोरी र डकैतीमा संलग्न थिए । ०६४ मा प्रहरी हिरातबाट बुढाथोकी फरार भएका थिए।
उनीहरुलाई काठमाडौं जिल्ला अदालतले १२ वर्ष कैद र जरिवाना समेत हुनेगरी गरेको फैसलालाई सर्वोच्च अदालतले २१ असार २०७७मा अपराध ठहर हुने गरी सदर गरिसकेको थियो।

