

भट्ट भन्छन्– प्रचण्डले ५ हजार मारेको जिम्मा लिए, १२ हजारको लिने नैतिकता किन बिर्सेको?

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, नेपाल कम्युनिस्ट पार्टीका नेता लेखराज भट्टले पुष्पकमल दाहाल प्रचण्डसँग गुरुलाई सम्मान गर्नेसम्मको नैतिकता नभएको बताएका छन्।
बुधबार सुदूरपश्चि प्रदेशस्तरीय भेलालाई काठमाडौंमा सम्बोधन गर्दै भट्टले आफ्ना राजनीतिक गुरु रहेका मोहन वैद्यलाई सेक्टर काण्डमा कारबाही गरी गरेको स्मरण गरे।
प्रचण्डसँग राजनीतिक नैतिकता नरहेको आरोप लगाएका उनले खुलामञ्चमा युद्धका क्रममा मारिएका ५ हजारको जिम्मा लिएर युद्धको अपमान गरेको बताए। उनले सोधे,‘१२ हजारको कसले लिन्छ? त्यो नैतिकता हुनुपर्दैन?’

