कार अफ द इयर- २०२२ का सबै शीर्ष फाइनलिस्टहरू इलेक्ट्रिक


काठमाडाैं – वर्ल्ड कार अवार्डका आयोजकहरूले चाँडै नै तीन फाइनलिस्टहरू मध्ये एउटालाई विश्व प्रसिद्ध वर्ल्ड कार अफ द इयर-२०२२ को उपाधि पाउने भएका छन्। संक्षिप्तमा WCOTY भनिने यो अवार्डमा,यसपाली इतिहासमै पहिलो पटक,तीनओटै फाइनलिस्टहरू इलेक्ट्रिक कारहरूरहेका छन्।

सन् २०२२ को वर्ल्ड कार अवार्डको फाइनलमा Ford Mustang March-e, Hyundai Ioniq-5 र Kia EV6 परेका छन्। आयोजकले अप्रिल १३ मा हुने न्यु योर्क इन्टरनेशनल अटो शोमा यी तीन विद्युतीय कारहरू मध्ये एउटालाई विजेता घोषणा गर्नेछन्। उक्त समारोहमा वर्ल्ड लक्जरी कार, वर्ल्ड परफमेन्स कार र वर्ल्ड इलेक्ट्रिक भेहिकल अफ द इयर लगायतका समूहगत विधाहरूमा पनि पुरस्कार वितरण गरिनेछ।

इलेक्ट्रिक कारहरूको लागि छुट्टै श्रेणी रहेता पनिकार अफ द इयरमा तीनओटै फाइनलिस्टहरूEV हुनुलाई उत्सुकताका साथ हेरिएको छ। कार अफ द इयरको तीनओटै फाइनलिस्टEVरहेपनिHyundai को IONIQ 5 बाहेक अन्य कार इलेक्ट्रिक कारहरूको श्रेणीमा भने परेनन्। यी दुवै श्रेणीमा फाइनलमा पुग्नुका साथैवर्ल्ड कार डिजाइन अवार्डको पनि फाइनलमा पुगेको हुनाले सन् २०२२ मा हुण्डाईIONIQ 5ले कुनै न कुनै अवार्ड पाउने निश्चित जस्तै छ।

यो वर्ष फाइनलमा कुनै पनि ICE (इन्टरनल कम्बसन इन्जिन) कार नपर्नु अचम्मको कुरा हो। सन् २०२१ माVolkswagen ID.4, Honda e सँगै Toyota Yaris फाइनलमा प्रतिस्पर्धा गरिरहेका थिए। र फाइनलमा Volkswagen ID.4 लेपुरस्कारजिते पनिToyota Yaris ले कम्तीमा कम्बसन कारहरूको प्रतिनिधित्व गरेको थियो।

तर यो वर्ष त्यस्तो नहुनुको अर्थ अबदेखि ICE कार कहिल्यै अवार्डको लागि प्रतिस्पर्धामा आउँदैन भन्ने होइन। तर यसले निश्चित रूपमा मानिसहरूले एउटा कारमा खोज्ने गुणहरू फेरिएको हो कि भन्ने जनाउँछ। अथवा अब इलेक्ट्रिक कारहरू पनि आई.सी.ई. कारहरूको दाँजोमा अब्बल भएका छन् भन्ने पनि बुझ्नसकिन्छ।

विभिन्न ३३ देशका १०२ अटोमोटिभ पत्रकारहरूको निर्णायक मण्डलद्वारा छनोट गरिने WCA अवार्डमा तीनवटै इलेक्ट्रिक कार पर्नु निकै राम्रो कुरा हो। यसरी इलेक्ट्रिक गाडीहरूले पुरस्कारहरू पाउनुलेअन्य कार निर्माताहरू पनि नयाँ-नयाँ EV बनाउन प्रेरित हुने विश्वास लिन सकिन्छ।

प्रतिक्रिया