रोयल इन्फिल्डको आधिकारीक विक्रेता अब त्रिवेणी ग्रुप


काठमाडाैं – नेपालको लागि रोयल इन्फिल्डको आधिकारीक विक्रेता फेरिएको छ। एमभी दुगर ग्रुप अन्तर्गतको विवेक अटोमोबाइलले बिक्री गर्दै आएको रोयल इन्फिल्डको बिक्री अबबाट त्रिवेणी ग्रुपले गर्ने भएको हो।

योसँगै त्रिवेणी ग्रुप अटोमोबाइल व्यवसायमा प्रवेश गरेको छ। यसभन्दा अघि त्रिवेणी ग्रुपले उत्पादन, कृषि, बैंकिङ, इन्स्योरेन्स, मनोरञ्जन एवम् टुरिजम,ऊर्जा लगायत क्षेत्रमा लागनी गरिरहेको छ।

दुगर ग्रुपले सन् २००१को अन्तिमतिर रोयल इन्फिल्डलाई नेपाली बजारमा भित्र्याएको थियो। कम्पनीले २० वर्षको अवधिमा आफ्नो उपभोक्ताहरूको माग र आवश्यकतालाई ध्यानमा राख्दै बजार विस्तार गरेको छ।

नेपाली बजारमा विशेष युवा पुस्तामाझ लोकप्रिय रोयल इन्फिल्डका बाइकहरूको विभिन्न मोडल उपलब्ध छन्।  सर्वाधिक बिक्री हुने ‘बुलेट’ मध्ये इन्फिल्डको क्लासिक ३५० पनि एक हो। यसबाहेक बजारमा यसको ६ वटाभन्दा बढी मोडलहरू उपलब्ध छन्।

प्रतिक्रिया