नेप्सेमा ४ कम्पनीको करिब ८५ लाख कित्ता बोनस शेयर सूचीकृत


काठमाडौं – नेपाल स्टक एक्सचेन्जमा सोमबार ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।  नेप्सेमा नेपाल एसबीआई बैंक, पोखरा फाइनान्स, प्राइम लाइफ इन्स्योरेन्स र वोमी लघुवित्तका कुल ८५ लाख ४९ हजार ९६६.८३०३ कित्ता बोनस शेयर सूचीकृत भएका छन्।

जसमा नेपाल एसबीआई बैंकको ३३ लाख २२ हजार ७५२.२६०३ कित्ता, पोखरा फाइनान्सको ७ लाख ७७ हजार ७४०.२३ कित्ता, प्राइम लाइफको ३६ लाख २५ हजार ५८५.५४ कित्ता र वोमी लघुवित्तको ८ लाख २३ हजार ८८८.८० कित्ता बोनस शेयर रहेका छन्।

यीमध्ये नेपाल एसबीआई बैंकले ३.५ प्रतिशत, पोखरा फाइनान्सले ८.०७५ प्रतिशत, प्राइम लाइफले १५ प्रतिशत र वोमी लघुवित्तले २० प्रतिशत बोनस शेयर वितरण गरेका थिए।

 

प्रतिक्रिया