दुई वाणिज्य बैंक र एक लघुवित्तको २ करोड ५९ लाख कित्ता बोनस शेयर सूचीकृत


काठमाडौं –  आइतवार नेप्सेमा तीन ओटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ ।  एभरेष्ट बैंक, एनएमबि बैंक र गणपति लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको हो ।

एभरेष्ट बैंकको ५३ लाख ३६ हजार २३० दशमलव ३१ कित्ता बोनस शेयर, एनएमबि बैंकको २ करोड ४ लाख ७ हजार ४५१ दशमलव शून्य ७ कित्ता र गणपति लघुवित्त वित्तीय संस्थाको २ लाख ४१ हजार ९७७ दशमलव ८२५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

अब यो बोनस शेयर लगानीकर्ताले हितग्राही खातामा आएपछि खरीदविक्री गर्न सक्नेछन् । एभरेष्ट बैंकले पुस १ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

त्यसैगरी एनएमबि बैंकले पुस २२ गते सम्पन्न वार्षिक सधारण सभाबाट पारित १२ दशमलव ५० प्रतिशत बोनस शेयर र गणपति लघुवित्तले पुस १७ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १९ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया