प्रि ओपन सेसनमा साढे ५ अंकले बढ्यो नेप्से


काठमाडौं – साताको तेस्रो कारोबारको दिन (मंगलबार) प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ।  सोमबार, ५.६२ अंक बढेर २६७३.५९ विन्दुमा पुगेको नेप्से, यस दिन सो सेसनमा ५.४३ अंक बढेर २६७३.५५ विन्दुमा पुगेको हो। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.७४ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा १८ स्टकको १ करोड ३ लाख ९८ हजार १९३ रुपैयाँ बराबरको ६ हजार ७७८ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १४ स्टकको मूल्य बढेको छ भने १ स्टकको मूल्य घटेको छ। बाँकी ४ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।

हिजो बजार खुलेको १ घण्टा बित्न नपाउँदै टीएमएसमा समस्या देखिएको थियो। तर, नेप्सेले ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएको भन्दै १२ः५३ देखि कारोबार रोकेर केही समयपछि पुनः सुचारु गर्ने भनेको थियो। तर, टीएमएसमा देखिएको समस्या समाधान नभएपछि अन्ततः नेप्सेले बाँकी समयावधिको कारोबार स्थगित गरेको थियो।

 

प्रतिक्रिया