
नेप्सेमा नेको इन्सुरेन्सको शेयरमूल्य समायोजन
काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेको इन्सुरेन्स लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। नेप्सेले मूल्य समायोजन गर्दै नेको इन्सुरेन्सको प्रतिकित्ता १०४३.४८ रुपैयाँ कायम गरेको हो। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार यो कम्पनीको प्रतिकित्ता १२०० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यो कम्पनीको शेयर कारोबारमा आउनेछ।
कम्पनीले लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ आज चैत १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो फागुन ३० गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्।
कम्पनीको २६ औँ वार्षिक साधारणसभा यही चैत ९ गते डाकिएको छ। सभा काठमाण्डौको ज्ञानेश्वरस्थित कम्पनीको केन्द्रीय कार्यालयमा ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७७/ ७८ का लागि प्रस्तावित कुल १५.७९ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश छन्।



कागजपत्र |
