

टीएमएसको समस्या समाधान भएपछि समय थप गरी शेयर कारोबार सुचारु गर्ने

काठमाडौं –नेप्सेले सोमबार शेयर कारोबार रोकिएको अवधिसम्म समय थप हुने भएको छ । ब्रोकरको डाटा सेन्टरमा समस्या आएपछि स्थगित भएको नेप्सेको कारोबार, सो समस्या समाधान भएपश्चात समय थप गरी खुल्ने नेप्सेले बताएको छ । ब्रोकरको डाटा सेन्टर रिस्टार्ट गर्न लागिएको नेप्से जनाएको छ ।
करीब १ बजेतिर समस्या उत्पन्न भई कारोबार रोकिएको हो । त्यतिबेला ०.१५ अंकले मात्रै बढेको थियो, ०.०१ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २६६८.११ अंकमा उक्लिएपछि कारोबार रोकिएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार आज २२० कम्पनीको २३ लाख ४९ हजार १० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३४ करोड २२ लाख ३२ हजार ८ सय ३९ रुपियाँ बराबरको मात्रै कारोबार भएको हो ।
डाटा सेन्टरमा देखिएको समस्या समधान भएपछि पुन कारोबार शुरु हुने ब्रोकर एशोसिएसनका अध्यक्ष सन्तोष मैनालीले बताए । उनले भने, ‘प्राविधिकहरुले डाटा सेन्टरको काम गरिरहेका छन् । ४ः३० बजेसम्म यो काम सकियो भने नेप्सेमा कारोबार सुचारु हुनसक्छ ।’

