टीएमएसमा समस्या देखिँदा सेयर कारोबार अवरुद्ध


काठमाडौँ-  नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या देखिँदा सेयर कारोबार रोकिएको छ । बजार खुलेको १ घण्टा बित्न नपाउँदै टीएमएसमा समस्या आएको थियो। १२ बजेर ५२ मिनेटदेखि बजारमा कारोबार रोकिएको हो । जसका कारण थुप्रै लगानीकर्ता कारोबार गर्नबाट वञ्चित भएका थिए।

नेप्सेले टीएमएसमा आएको समस्या कारण शेयर कारोबार स्थगित गरिएको जनाएको छ।  नेप्सेले एक सूचना जारी गर्दै ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या आएकोले सो समस्या समाधान नहुँदासम्म कारोबार केहि समय रोकिने जनाएको छ ।

नेप्सेका अनुसार अहिले ३० वटाभन्दा ब्रोकरको टीएमएसमा समस्या देखिएको छ। ब्रोकरको डाटा सेन्टरमा देखिएको समस्या समाधानका लागि प्राविधिक कामहरु भइरहेको नेप्सेले जनाएको छ।

प्रतिक्रिया