प्रि-ओपनिङ्ग सेसनमा सेयर बजारमा हरियाली, २० कम्पनीको सेयर कारोबार


काठमाडौं – साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपनिङ्ग सेसनमा नेप्से ९.९९ अंकले बढेर हरियाली छाएको छ । साढे दश देखि पौने एघार बजेसम्मको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका २० कम्पनी मध्ये १५ कम्पनीको भाउ बढेसँगै नेप्सेमा हरियाली छाएको हो । नेप्से ९.९९ अंकले बढेसँगै सूचक २ हजार ६७७ दशमलव ९७ बिन्दुमा पुगेको छ ।

यस अवधिमा २० कम्पनीको २ हजार ९४९ कित्ता सेयर ४१ लाख ६१ हजार ४१ रुपैयाँमा खरीद बिक्री भएका छन् । नेप्सेका अनुसार प्रि ओपनिङ्ग सेसनमा आज २० कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये १५ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको सेयरमूल्य घटेको छ । २ कम्पनीको मूल्य स्थीर रहेको छ ।

सोमबार स्पेशल प्रि ओपन सेसनमा जाल्पा लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ। यस दिन सो सेसनमा लघुवित्तको शेयर प्रति कित्ता ३१८ रुपैयाँ ६० मा पहिलो कारोबार भएको हो।

लघुवित्तले सर्वसधारणहरुलाई वितरण गरेको ५ लाख २२ हजार कित्ता र संस्थापकहरुले लगानी गरेको १० लाख ८७ हजार कित्ता गरी कुल १६ लाख कित्ता शेयर गत शुक्रबार नेप्सेमा सूचीकृत भएको थियो।

लघुवित्तको शेयरलाई नेप्सेले प्रतिकित्ता न्युनतम १६४ रुपैयाँ ६० पैसा देखि ४९३ रुपैयाँ ८० पैसा ओपनिङ्ग रेन्ज प्रदान गरिएको थियो भने जेएएलपीए कारोबार संकेत प्रदान गरेको थियो।

प्रतिक्रिया