

आमाको हत्या गरेको अभियोगमा छोरा पक्राउ

काठमाडौं – प्रहरीले आफ्नै आमाको हत्या आरोपमा छोरालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३३ वर्षीय भिम बहादुर बलामी रहेका छन्।
६५ वर्षीया आमा कान्छी बलामीको हत्या गरेको अभियोगमा ककनी गाउँपालिका–१ नयाँबस्ती बस्ने भिमलाई प्रहरीले शनिबार राति पक्राउ गरेको हो।
प्रहरीका अनुसार भीम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै आमालाई घनले टाउकोमा हानेर हत्या गरी शव घरभित्र पत्करले छोपी रोखका थिए।
प्रहरी चौकी ओखरपौवा र प्रहरी चौकी ककनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

