सरकारले सुरक्षित वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्छ : देउवा


काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा भएको ठगीलाई सरकारले हर्न नसकेको बताएका छन् । ठगिएका नेपालीको समस्या समाधानमा लाग्न उनले सरकारसँग आग्रह गरेका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १२ औं साधारणसभालाई सम्बोधन गर्दै उनले नेपालमा वैदेशिक रोजगारीका थुप्रै समस्या रहेको बताए ।

उनले भने, ‘नेपालीका लागि वैदेशिक रोजगार महत्वपूर्ण कुरा हो । एकातिर नेपालीले विदेशमा रोजगार गर्न पाउँछन् । तर त्यहाँ ठगिएका कुराहरु, दुःख पाएका कुराहरु पनि मैले थाहा पाएको छु, यस्ता कुरा रोक्न हामी लाग्नुपर्छ । साथ-साथै जो रेमिट्यान्सको पैसा आउँछ, नेपाललाई जो विदेशी पैसा पनि आउँछ, त्यसले नेपालको अर्थतन्त्रमा मद्दत पुर्‍याएको अवस्था छ । सरकारले पनि सुरक्षित वैदेशिक रोजगारीको प्रबन्ध गर्नुपर्छ ।’

सभापति देउवाले नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनलाई दुःख पाएका नेपालीको समस्या समाधान गर्ने काममा लाग्नुपर्ने बताए ।

प्रतिक्रिया