
कांग्रेससँग छलफल गर्दै प्रधानमन्त्री, साँझ ६ बजे छलफल हुँदै
काठमाडौं — संसद चल्न नदिने कांग्रेसको अडानपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसलाई छलफलमा बोलाएका छन् ।
कांग्रेससहितका विपक्षी दलहरुले संसदीय छानबिन समिति गठन नै आधारभूत माग राख्दै संसद चल्न नदिने निर्णय गरेसँगै प्रधानमन्त्रीले कांग्रेसलाई छलफलमा बोलाएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले बेलुका ६ बजे छलफलमा बोलाएका हुन् ।
कांग्रेसले गृहमन्त्री रवि लामिछाने सहकारी ठगीमा पुछिएको भन्दै संसदीय छानबिन समिति गठन गर्न माग गरेको छ । साथै कांग्रेसको मागमा विपक्षमा रहेका दल राप्रपा, जसपा नेपाल र लोसपा लगायतले साथ दिएपछि सरकार थप दबाबमा परेको देखिएको छ ।
प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाईएको थियो । तर, दलहरुबीच सहमति नजुट्दा दिउँसो २ बजेसम्म बैठक सारिएको छ । अहिलेसम्म दलहरुबीच कुनैपनि ठोस सहमति नभएले २ बजेको बैठक पनि अन्योलमा परेको छ ।



कागजपत्र |
