एमाले अध्यक्ष ओलीसहित प्रचण्ड र रविको छलफल


काठमाडौं – सत्तारूढ दलका तीन शीर्ष नेताहरूबीच सिंहदरबारमा छलफल भएको छ।

शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच छलफल भएको हो।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा तीन शीर्ष नेताहरूबीच आधा घण्टा छलफल भएको हो।

छलफलपछि ओली र लामिछाने संसद भवन पुगेका छन्।

प्रतिनिधि सभाको बैठक शुक्रबार ११ बजेको लागि बोलाइएको थियो। तर नेपाली कांग्रेसले संसदका लागि केही समय मागेपछि अहिलेसम्म बैठक बस्न सकेको छैन।

प्रतिक्रिया