


कपनबाट पेस्तोलसहित सिन्धुपाल्चाेकका दर्नाल पक्राउ

काठमाडाैं – बुढानीलकण्ठ नगरपालिका– ११ कपन पैँयुटार डेरा गरी बस्ने सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका– २ घर भएका २३ वर्षीय अर्जुन दर्नाल सुनारलाई कटुवा पेस्तोलसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पेस्तोल फेला पारी पक्राउ गरेको हो।
उनका आपराधिक गतिविधिबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले बताए।

