फिल्ममा डेब्यु गर्दै ‘कुल ब्वाय’


काठमाडौं-  चर्चित ‘कन्टेन्ट क्रिएटर’ पारस बम (कुल ब्वाय)ले ‘होस्टेल ३’ बाट फिल्म अभिनयमा डेब्यु गर्ने भएका छन् । निर्माताले शुक्रबार उनलाई लिएर फिल्म बनाउने जनाएका छन् ।

उनी सफल फिल्म ‘होस्टेल’ को तेस्रो शृंखला ‘होस्टेल ३’ मा अनुबन्धित भएका हुन् ।  बमलाई चलचित्रको महत्त्वपूर्ण भूमिका र प्रमुख पात्रहरू मध्ये एकको लागि लिइएको निर्देशक सशान कँडेलले बताए ।

सअघि यो फिल्मको अघिल्ला भागबाट अनमोल केसी, नाजिर हुसेन, स्वस्तिमा खड्का, सलोन बस्नेत, सुशील सिटौला, सुशील श्रेष्ठ लगायतले फिल्ममा डेब्यु गरिसकेका छन् ।

कुल ब्याय गायक समेत हुन् । उनका ‘कान्छी कता हिंडेको’, ‘बुवाको नाक होस्’ लगायत गीत चर्चामा छन् ।

प्रतिक्रिया