गण्डकीका मुख्यमन्त्री खगराजले आइतबार विश्वासको मत लिने


काठमाडौं- गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार विश्वासको मत लिने भएका छन् ।

प्रदेश प्रमुखले २३ गते डाकेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने कार्यसूची राख्न सिफारिस भएको गण्डकी प्रदेश सभा सचिवालयले जनाएको छ ।

संविधान अनुसार अधिकारीले वैशाख २४ गतेभन्दा अगाडि विश्वासको मत लिनुपर्ने व्यवस्था छ । एमाले, माओवादी केन्द्र र राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा एमाले संसदीय दलका नेता अधिकारी गत चैत २४ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

संविधानको धारा १६८ ९४० अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया