नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजना भारतीय प्रहरीको फन्दामा


काठमाडाैं- नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका दुईजनालाई भारतको पलिया प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार भारतको पलिया खिरि थाना अन्तर्गतको प्रथम बजार कस्बाका ‘ड्रग्स किंग’ भनिने २५ वर्षीय अंकित माल्या र सिगहिया कस्बामा डेरा गरी बस्ने ३२ वर्षीय विक्की नेपाली भनिने बिक्की गुप्तालाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुको साथबाट ३९० ग्राम ब्राउन सुगर बरामद गरिएको भारतीय प्रहरीले जनाएको छ । ‘ड्रग्स किंग’ भनिने अंकित माल्याको साथबाट २६० ग्राम ब्राउन सुगर र विक्की गुप्ताको साथबाट १३० ग्राम ब्राउन सुगर बरामद भएको भारतको पलिया थानाले प्रेस विज्ञप्ती जारी गरि जनाएको छ ।

दुवैजना नेपाल प्रहरीको ‘मोस्ट वान्टेड’ कारोबारी हुन् ।

 

प्रतिक्रिया