बिदामा आएका यादव फेरि कतार जान पाएनन्, होटेलमा शव भेटियो


काठमाडाैं- धनुषाको गणेशमान चारनाथ नगरपालिका–३ का ३० वर्षीय मित कुशियैत यादव एक महिनाअघि मात्रै कतारबाट बिदामा घर आएका थिए । उनी फेरि कतार जाने योजनामा थिए । त्यसैले अगामी महिनाको ५ तारिखमा कतार जानका लागि उनले टिकट समेत लिइसकेका थिए ।

तर, आज(बुधबार) जनकपुरको पिडारी चोकमा रहेको नमुना होटेल एण्ड गेस्ट हाउसमा उनी मृत फेला परेका छन् । उनी होटलको २०४ नम्बरको कोठामा झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

यादव मंगलवार बेलुका करिब ७ बजे होटल बुक गरेका थिए । उनी झुण्डिएको कोठाको ढोका खुल्ला रहेको थियो । उनलाई मृत देखेपछि होटल संचालकले प्रहरीलाई खबर गरेर भागेका थिए ।

मृतकका दाई राकेश यादवले घटना शंकास्पद गरेको बताएका छन् । झुण्डिएको कोठा खुल्ला रहेकाले होटलको सीसी क्यामेरा हेरेर प्रहरीले अनुसन्धान गर्नपर्जे उनको माग छ ।

घटनाबारे अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले बताएका छन् ।

 

प्रतिक्रिया