नदिजन्य पदार्थको अबैध उत्खनन तथा ओसार पोसारमा संलग्न सवारी नियन्त्रणमा


चितवन – जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले चितवनमा नदिजन्य पदार्थको अबैध चोरी कार्यमा संलग्न २० वटा सवारी साधन नियन्त्रणमा लिएकाे छ ।

चितवन प्रहरी प्रमुख नवराज अधिकारीका अनुसार, ‘४ वटा JCB, लोड गरिसकेका १० वटा टिफर र ६ वटा ट्रयाक्टर गरी जम्मा २० वटा सवारी साधनलाई नियन्त्रणमा लिई आवश्यक कार्बाहीको लागि जिल्ला समन्वय समितिको कार्यालय भरतपुरमा बुझाएको छ ।’

टाेलीले चितवनकाे ईच्छकामना गा.पा.७ भालुमाराबाट  विहिबार बिहान नदिजन्य पदार्थको उत्खनन तथा ओसार पोसार गरिरहेको अवस्थामा साे सवारी नियन्त्रणमा लिएकाे हाे ।

प्रतिक्रिया