सर्वोच्चको न्यायाधीशमा श्रेष्ठ र उच्च अदालतमा कुँवर नियुक्त


काठमाडौं – न्याय परिषद्ले सर्वोच्च अदालतको न्यायाधीशमा उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठ र उच्च अदालतको न्यायाधीशमा भने सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवरलाई नियुक्त गरेको छ ।

न्याय परिषद्को बिहीबारको बैठक राखेर कामु प्रधान न्यायाधीश दिपक कुमार कार्कीले उक्त निर्णय लिएका हुन् । सर्वोच्च अदालतमा २१ न्यायाधीश रहने संवैधानिक व्यवस्था छ । जसमध्ये एक पद रिक्त थियो । उक्त पदमा श्रेष्ठलाई ल्याउन लागिएको हो ।

प्रतिक्रिया