गोदावरीको ‘भाइरल’ तलाउमा डुब्दा एक किशोरीको मृत्यु


धनगढी – कैलालीमा नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका वडा नं २ की १५ वर्षीया किशोरी खेमा खड्काको नदीमा डुबेर मृत्यु भएको हो।

साथीहरूसँग नुहाउन गएकी उनको गोदावरीको ‘भाइरल’ काठेपुलमुनिको तलाउमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै अहिले मृतक खड्काको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पताल पठाइएको छ। घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ।

उक्त काठेपुल तथा गोदावरी क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकले भरिभराउ हुने गरेको छ। कैलालीमा यो पुल ‘भाइरल पुल’को नामले परिचित छ।

प्रतिक्रिया