मारवाडी सेवा ट्रष्टका अध्यक्ष एवं उद्योगी हिरालाल केडियाको निधन


काठमाडौं – उद्योगी हिरालाल केडियाको निधन भएको छ । केडिया अर्गनाइजेसनका अध्यक्षसमेत रहेका उनको फागुन २४ गते ह्याम्स अस्पतालमा निधन भएकोे हो ।

विरगन्जका चर्चित उद्योगी हिरालालको ८६ वर्षको उमेर निधन भएको हो । केडियाको संरक्षणमा केडिया डेन्टल, केडिया आँखा अस्पताल लगायत विभिन्न सामाजिक संघसंस्थाहरुले सेवा दिँदै आइरहेको छ ।

उनी मारवाडी सेवा ट्रष्टका अध्यक्ष समेत थिए । उनको अन्तिम संस्कारमा मधेश प्रदेशका मुख्यमन्त्री लगायत उद्योगी, व्यवसायीको उपस्थिति रहेको थियो । स्वर्गीय हिरालाल नारायणी उप–क्षेत्रीय अस्पतालको अध्यक्ष भई दुइ वर्ष काम गरेका थिए ।

प्रतिक्रिया