प्रतितोला एक लाख ३ हजारमा कारोबार हुँदै सुन, चाँदी घट्यो


काठमाडौं – मंगलबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । केही दिन अघिबाट निरन्तर उकालो लागेको सुनको मूल्य मंगलबार स्थीर रहेको हो । हिजो सोमबार प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज मंगलबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख २ हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने घटेको छ ।  हिजो सोमबार प्रतितोला १ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज मंगलबार प्रतितोला १५ रुपैयाँले घटेर प्रतितोला १ हजार ४१० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ । महासंघले अन्तराष्ट्रिय बजारमा हुने सुन चाँदीको मूल्यको उतारचढावका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

प्रतिक्रिया