देशव्यापी विरोध कार्यक्रम सफल बनाउन आग्रह


काठमाडौं–नेपाली काँग्रेस पाँचथर काठमाण्डौ सम्पर्क समितिले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा प्रतिनिधिसभा बिघटन गरिएको घटनाको विरोधमा देशव्यापी आयोजना हुन लागेको विरोध कार्यक्रम सफल बनाउन आग्रह गरेको छ ।

समितिले भ्रष्टाचार, कुशासन, वेथिति, सर्वसत्तावादको विरोध तथा संसद पुर्नगठनका लागि अन्य जिल्ला सम्पर्क समितिलाई समेत आग्रह गरेको छ । समितिका सभापति निर्मल रिजालले संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गर्दै आन्दोलन सफल पार्न समन्वयकारी भूमिका खेल्ने निर्णय गरेको बताए ।

उनले संविधानमा भएको व्यवस्था प्रतिकूल, जनभावना विपरितको कार्यविरुद्ध सम्पूर्ण रुपले एकमत हुन सम्पूर्ण लोकतान्त्रिक शक्तिलाई आव्हान समेत गरेका छन् । बैठकले विरोध कार्यक्रममा सरिक भएर असंबैधानिक र अलोकतान्त्रित कदमका बिरुद्ध ऐक्यबद्धता जनाउन अपिल गरेको छ ।

प्रतिक्रिया