रौतहटबाट भरुवा बन्दुक र गोलीसहित एक जना पक्राउ


काठमाडौं – रौतहटमा अवैध भरुवा बन्दुक र गोलीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–६ का इन्द्र बहादुर आले मगर छन् ।

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहापुरबाट खटिएको गस्ती टोलीले चन्द्रपुर ६ स्थित हातेमालो सामुदायिक बन क्षेत्रको बाटोमा चेकजाँचको क्रममा आइतबार इन्द्र बहादुर आले मगरको साथबाट भरुवा बन्दुक १ थान, भरुवा बन्दुकको नाल १ थान, त्यसमा लाग्ने गोली ३ थान र ३० वटा छर्रा बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी बिनोद घिमिरेले बताएका छन् ।

निज मगरमाथि हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गरी जिल्ला अदालत गौरबाट म्याद थमाएर थप अनुसन्धान सुरु गरिएको एसपी घिमिरेले जानकारी दिएका छन् ।

प्रतिक्रिया