जवरजस्ती करणी कसुरमा शिक्षक पक्राउ


अर्घखाँची – जवरजस्ती करणी कसुरमा अर्घखाँचीका एक शिक्षक पक्राउ परेका छन् । १५ वर्षीय नाबालिकालाई जवरजस्ती करणी गरेका आरोपमा जिल्लाको मालारानी गाउँपालिका वर्ष २७ का मा.वि स्तरमा अध्यापन गराउने शिक्षक पक्राउ परेका हुन् ।

प्रतिवादी शिक्षकलाई प्रारम्भिक अनुसन्धानपछि ६ दिनको म्याद थप गरी हाल जिल्ला प्रहरी कार्यालयकाे नियन्त्रणमा राखिएको छ । घटनाको विषयमा थप अनुसन्धान भैरहेको प्रहरी निरीक्षक गणेश खनालले बताए ।

 

प्रतिक्रिया