
पल शाहविरुद्ध फेरि म्याद थप गरिँदै
काठमाडाैं – जबरजस्ती करणीको मुद्दामा हिरासतमा रहेका चलचित्र अभिनेता पल शाहलाई आइतबार म्याद थप गरिँदै छ । पलविरुद्धको अनुसन्धान नसकिएकाले म्याद थपको तयारी गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय तनहुँमा फागुन ११ गते १७ वर्षीया गायिकाले शाहविरुद्ध जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी दिएकी थिईन् । लगत्तै जिल्ला अदालत, तनहुँबाट पक्राउ पूर्जी लिएर प्रहरीले शाहको खोजी थालेको थियो । त्यसप्रश्चात फागुन १५ मा शाह आफै जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएका थिए ।
उनीविरुद्ध जिल्ला अदालत तनहुँले गएको आइतबार सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । अदालतले दिएको सात दिनको म्याद शनिवार सकिएसँगै थप अनुसन्धानका लागी अदालतबाट थप म्याद लिइने तनहुँका एसपी राजेन्द्रबाबु रेग्मीले बताए ।
गायिकाले म्युजिक भिडियो छायांकनका क्रममा आफुसँग नजिकिएका शाहले पटक–पटक बलात्कार र यौन दुव्र्यवहार गरेको भन्दै जाहेरी दिएकी थिइन् । पलविरुद्ध गैँडाकोटमा अर्को जाहेरी समेत परेको छ । आफूलाई मादकपदार्थ सेवन गराई गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा अर्को जाहेरी दर्ता भएको हो ।



कागजपत्र |
