व्यापारी मृत्युको बिषयलाई लिएर आज सुर्खेत बन्द


सुर्खेत – सुर्खेतमा कालिकोटका व्यापारी कृष्ण हमाल (मिनी)को शंकास्पद मृत्यु भएको बिषयलाई लिएर आइतबार यातायातका साधन बन्द गरिएको छ । मृतकका आफन्तहरुले यातायातका साधनसहित बजार बन्द गरेर सहयोग गरिदिन भन्दै माईकिङ् गरिरहेका हुन् ।

प्रदेश राजधानी वीरेन्द्रनगरदेखि छुट्ने सम्पुर्ण यातायातका साधन बन्द गरिएको यातायात व्यवसायीले जनाएका छन् । यातायातका साधन बन्द भएसँगै यात्रुहरु अलपत्र परेका छन् ।

नेपालगञ्जबाट व्यापारका लागि ट्रकमा सामान बोकेर आउँदा गरेका हमालको प्रहरीको निर्घात कुटाइबाट मृत्यु भएको आफन्तको आरोप छ । यद्यपि, सुर्खेत प्रशासनले भने घटनाको अनुसन्धानका लागि छानबिन समिति गठन गरेको छ। समितिले ३ दिनभित्र छानविन गरेर प्रतिवेदन प्रमुख जिल्ला अधिकारी समक्ष पेश गर्नुपर्ने छ ।

प्रतिक्रिया