आफूलाई प्रहरी भन्दै लुटपाट गर्ने ८ पक्राउ


काठमाडौं – आफूलाई प्रहरी भन्दै राजधानीका औषधी व्यवसायीलाई लुटपाट गर्ने ८ जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले गत फागुन १२ गते काठमाडौंको नयाँबजारस्थित समृद्ध फार्मेसीका सञ्चालक राजेन्द्र साँकीलाई आफू प्रहरी भएको भन्दै खानतलासीका लागि आएको भनेर लुटपाट कार्यमा संलग्न ८ जनालाई पक्राउ गरेको जनाएको छ ।

महाशाखाका अनुसार उनीहरुले काउन्टरमा भएको नगद, साथमा रहेको मोबाइल, घडी र नगद गरी ६५ हजार लुटेको जनाइएको छ । साथै प्रहरीले उनीहरुको साथबाट मोबाइल ११ थान, घडी १ थान, नागरिकता १ थान, एटीएम ५ थान र चेक २ थान बरामद गरेको छ ।

पक्राउ पर्नेमा जिल्ला जुम्ला गुठीचौर गा.पा.वडा न ५  घर भइ हाल का।जि।एयरपोर्ट बस्ने २६ वर्षीय देवीप्रसाद धिताल, धादिङ धुनेबेशि न.पा. वडा न ३ घर भइ हाल स्वयम्भु बस्ने शंकर रेग्मी, डडेल्धुरा महाकाली न।पा।वडा न २ हाल सानोभर्याङ बस्ने हिक्मत महता, जिल्ला कन्चनपुर सुक्लाफाँटा न.पा. वडा न ४ झलारीका हाल का.जि. चक्रपथ बस्ने सुवाष रतोकी, कञ्चनपुर शुक्लाफाँटा घर भई हाल मित्रनगर बस्ने ३४ वर्षीय मिलन बोहोरा, पाँचथर याङगक घर भई हाल मित्रनगर बस्ने लिम्ब भन्ने भविन्द्र बेगा, दैलेख नौमुले घर भई हाल मित्रनगर बस्ने जीवन भन्ने योगेन्द्र बहादुर चन्द र प्युठान गौमुखी घर भई हाल सामाखुशी बस्ने भिटे, संगीत थापा भन्ने कमल सुनार पक्राउ परेको महाशाखाले जनाएको छ । उनीहरुलाई थप अनुसन्धान गरी कारबाहीको प्रक्रिया अगाडि बढाइएको महाशाखाले जनाएको छ ।

 

प्रतिक्रिया