मेलम्ची नगर अस्पतालमा अक्सिजन उत्पादन शुरू, ४८ सिलिन्डर क्षमता


सिन्धुपाल्चोक – मेलम्चीको नगर अस्पतालमा मेलम्ची नगरपालिका, संसद् विकास कोष, ह्योल्मो सिन्धु मेलम्ची सामाजिक उत्थान कार्यक्रम सञ्चालन समिति लगायतको सहयोगमा करीब १ करोड रुपैयाँमा जडान गरिएको ४८ सिलिन्डर क्षमता प्लान्टबाट अक्सिजन उत्पादन शुरू गरिएको छ ।

पूर्वमन्त्री शेरबहादुर तामाङले अक्सिजन प्लान्टको उद्घाटन गरेका छन् । उनले मेलम्ची भेगकै एक मात्र अस्पताल रहेकाले प्रदेश अस्पतालका रूपमा विकसित गर्न पहल भइरहेको जानकारी दिए ।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले ग्रामीण क्षेत्रका वासिन्दालाई सस्तो मूल्यमा मेलम्चीमै स्वास्थ्य सेवा दिन सकेमा मात्र आम नागरिकले राज्यको अनुभूति गर्ने बताए ।

दैनिक ४८ सिलिन्डर अक्सिजन भर्न सकिने क्षमताको प्लान्ट जडान भएपछि अब मेलम्चीलगायत आसपासका क्षेत्रमा अक्सिजन अभाव सिर्जना नहुने समेत दाबी अर्यालले गरेका छन् ।

प्रतिक्रिया